Banner Nepal
पाँचथरमा विस्फोटमा परि घाइते भएका दुई बालबालिकाको मृत्यु, अर्का बालकको उपचार जारी

काठमाडौं । पाँचथरमा बिहीबार भएको विस्फोटको घटनामा घाइते भएका अर्का बालकको पनि मृत्यु भएको छ । पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाडागाउँ टोलमा बिहीबार दिउँसो भएको विस्फोटमा परेर गम्भीर घाइते भएका स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो ।

माओवादी कार्यकर्ता आइतराज केरुङको घरमा बस्दै आएका ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन, स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरी प्रिन्सा घाइते भएका थिए भने बिस्फोटबाट दीपक राईका ७ वर्षीय छोरा सामान्य घाइते भएका थिए ।

गम्भीर घाइते भएका उनीहरुलाई पाँचथर अस्पताल पु¥याइए पनि थप उपचारका लागि उनीहरूलाई झापा लैजाने क्रममा प्रिन्साको राति १० बजे इलाम पु¥याउँदा बाटोमै र दिप्सनको राती १ वजे बी एन्ड सी अस्पताल झापा पु¥याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घाइते बालक पवनको पाँचथर अस्पतालमै उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको उपचाररत अस्पतालले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ०७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update