खेलाडीलाई जनही १५ हजारका दरले मासिक पारिश्रमिक दिने क्यानको निर्णय
काठमाडौं । नेपाल क्रिकेट संघ ९क्यान० ले सातवटै प्रदेशका ५–५ जना खेलाडीहरूलाई जनही १५ हजार रुपैयाँका दरले मासिक पारिश्रमिक दिने निर्णय गरेको छ।
क्यानको बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको प्रवक्ता छुम्बी लामाले जानकारी गराएका छन्।
क्यानले ७ वटै प्रदेशका क्रिकेट संघहरूलाई २ जना महिला र ३ जना पुरुष गरी ५ जना खेलाडीलाई पारिश्रमिक दिने निर्णय गरेको हो।
उक्त निर्णय आगामी सेप्टेम्बर १ देखि एक वर्षसम्म लागू हुने पनि बताएको छ।
खेलाडीहरूको पारिश्रमिक वापतको बजेट रकम प्रदेशहरूमा निकासा गरी सम्बन्धित प्रदेशहरुले नै खेलाडीसँग सम्झौता गरी पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको प्रवक्ता लामाले बताएका छन्।
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१ २०:०१
प्रतिक्रिया दिनुहोस्