Banner Nepal
गृहमन्त्री लेखकको निर्देशन, उपभोग्य वस्तुको कृत्रिम अभाव नगर्न चेतावनी

 

काठमाडौं । गृहमन्त्री रमेश लेखकले उपभोक्तालाई चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीहरुको सरल र सहज पहुँच प्रदान गर्नेगरी आवश्यक प्रवन्ध मिलाउन निर्देशन दिएका छन् । 

बिहीबार मन्त्रालयमा चाडबाड नजिकिँदै गर्दा हुने ठगीका घटनाहरुको बारेमा जानकारी लिँदै नागरिकलाई सहज पहुँच बिस्तार गर्नेगरी परिणामुखी भइ आवश्यक व्यवस्था गर्न सम्बन्धित सरोकारवाला निकायहरुसँग आग्रह गरेका हुन् ।

गृहमन्त्री लेखकले चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीहरुको सरल र सहज पहुँच उपभोक्ताहरुलाई हुनुपर्ने र त्यसको ग्यारेन्टी सरकारले गर्नुपर्ने बताए ।

उनले नागरिकले सहज र सरल रुपमा उपभोग्य वस्तुहरु पाएको महशुस हुनेगरी परिणममुखी काम गर्न निर्देशन दिए । 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update