एमाले बैठक
एमालेले सचिवालय बैठक बोलायो, चुनाव लक्षित रणनीति बनाइने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को आज सचिवालय बैठक बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।
सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावमा छलफल गरिने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
यसअघि बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकको कार्यसूची तय गरेको थियो । बैठकले २०८४ सालको चुनाव लक्षित गरेर तेस्रो चरणको पार्टीका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।
गत चुनावमा अपेक्षित नतिजा नआएपछि एमालेले मिसन–२०८४ को दुई चरणका जनपरिचालन कार्यक्रम सम्पन्न गरिसकेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१ १०:२७
प्रतिक्रिया दिनुहोस्