Banner Nepal
गृहसचिवलाई बोलाएर प्रधानमन्त्री ओलीले भने - भेटिएका प्रकाशलाई नागरिकता दिन सहजीकरण गर्नु

 

काठमाडौं । एउटा यूट्युव च्यानलको कथाका कारण ३५ वर्षपछि आफ्नो परिवारसँग पुनर्मिलन भएका प्रकाश तामाङ (काले मोक्तान) ले केही दिनमा नै नागरिकता पाउने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गृहसचिव एकनारायण अर्याललाई बोलाएर नागरिकताका लागि सहजिकरण गर्न निर्देशन दिइ सकेको छन् ।

उनले सचिवलाई बोलाएर भने, ‘प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो ।

ओलीलाई भेट्न सचिव अर्याल राति १० बजे बालुवाटार पुगेका थिए ।

ओलीले दुई चार दिन भित्रमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनु अर्याललाई निर्देशन दिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । 

नागरिकता भए प्रकाशको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरुले सहयोग गर्न मिल्ने भएकाले पनि यो आवश्यकता पूरा गर्नुपर्ने ओलीको भनाई छ ।

आज विहानै सामाजिक सञ्जाल फेसबुकमा  ओलीले नागरिकता प्राप्तगरिसकेपछि प्रकाशलाई सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने उल्लेख गरेका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update