काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आन्तरिक निर्वाचनमार्फत १७ पदाधिकारी टुङ्ग्याएको छ । एकीकृत समाजवादीले उपाध्यक्ष, उपमहासचिव र सचिव निर्वाचनमार्फत टुङ्गो लगाएको हो ।
जसअनुसार उपाध्यक्ष (महिला) मा जयन्तीदेवी राई निर्वाचित भएकी छन् । उनले रामकुमारी झाँक्रीलाई पराजित गरेकी हुन् ।
यस्तै मधेसी क्लस्टरबाट धर्मनाथ प्रसाद साह उपाध्यक्ष निर्वाचित भएकी छन् भने खुलातर्फ डा। गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन् ।
यसैगरी उपमहासचिव पदमा रामकुमार भट्टराई, मेटमणि चौधरी, गरिमा शाह र राजेन्द्रकुमार राई निर्वाचित भएका छन् ।
सचिवमा गणेश बहादुर विश्वकर्मा, बलदेव चौधरी, श्रीनाथ बराल, शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डेय र सावित्राकुमारी भुसाल विजयी भएका छन् ।
यसअघि वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत रूपमा राजेन्द्र पाण्डे निर्वाचित भइसकेका छन् । यसअघि दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल निर्वाचित भएका छन् ।
यससँगै एकीकृत समाजवादीको २१ सदस्यीय पदाधिकारी टुङ्गिएको छ ।