रास्वपाले पार्टीबाटै हटायो पूर्व महामन्त्री ढकाललाई
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निकालेको छ । पार्टी कार्यालयमा आज बसेको केन्द्रीय समिति बैठकले ढकाललाई पार्टीबाट हटाएको हो ।
ढकालमाथि पार्टीको हितविरूद्ध गतिविधि गरेको आरोप छ ।
यसअघि पार्टीले पटक-पटक स्पष्टीकरण सोध्दा पनि ढकालले पार्टी सभापति रवि लामिछानेमाथि नै अनेक लाञ्छना लगाउँदै जवाफ फर्काएका थिए ।
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१ ११:४७
प्रतिक्रिया दिनुहोस्