
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले हालै दिएको भाषण यतिबेला सामाजिक सञ्जालमा सर्वाधिक आलोचित भएको छ । डंगोलले गत वैशाख ११ गते नेकपा ९एमाले० को युवा उत्सव कार्यक्रममा दिएको अभिव्यक्तिले उनको छवि नै धुमिल बनाइदिएको हो । एमाले शीर्ष नेतृत्वसँगै मञ्च सेयर गर्न पाएकी डंगोलले आम कार्यकर्ताले झै चर्को स्वरमा उत्तेजितहुँदै भनेकी थिइन “ स्टन्टले देश बन्छ रु हो, स्टन्टले देश बन्दैन, देश बनाउन काम गर्ने युवा बनौं“। उनको यो भनाइ मेयर बालेन्द्र साह लक्षित भएको भन्दै डंगोललाई सामाजिक सञ्जालमा आलोचना गर्नेको धुइँरो लागेको छ । उनले मेयर साहलाई लक्षित गरेर भाषण गरिरहदा उनलाई उपमेयर बनाउने पार्टी एमालेले गरेका अनेकौं प्रकरणमा मौन बसेकोमा उनको विरोध भएको हो ।
उनले भाषणमा गरेको प्रश्नमाथि आम मानिसले उनैलाई प्रतिप्रश्न गर्दै सोधेका छन्– स्टन्ट नगरेर भाषण गरेर देश बन्छरु“ कतिपयले उनलाई टुक्काले मात्र देश बन्छ रु भन्दै प्रश्न गरेका छन् ।
डंगोलको एमालेसँगको निकटता र उनको भाषणमा एमालेको प्रशंसाले झनै उनलाई आलोचित बनायो । उनले भनेकी थिइन्, “एमाले असल पार्टी हो, युवालाई सामाजिक सञ्जालमार्फत असल कामको प्रचार गर्न सिकाउँछ“ भन्ने अभिव्यक्तिलाई लिएर पनि आलोचना भएको छ । केही प्रयोगकर्ताले उनलाई “एमालेको उछितो काढ्ने“ भन्दै आलोचना गरे, र उनको सुरुको सकारात्मक छवि “गलत नेताहरूको संगतले“ खराब भएको समेत टीप्पणी गरेका छन् । मेयर साहको आक्रामक कार्यशैलीका कारणको ओझेलमा परेकी डंगोलले आफ्नो शालिन छविलाई आफै धुमिल बनाएको भन्दै धेरैले चित्त पनि दुखाएका छन् ।
केही आलोचकहरुले उनको भनाइलाई जवाफ दिने क्रममा एसएलसी फेललाई शिक्षामन्त्री बनाएर देश बन्छरु“ “भ्रष्टाचारीलाई अर्थमन्त्री बनाएर अर्थतन्त्र बलियो हुन्छरु“ भन्दै उनको भनाइलाई व्यंग्य गरेका छन् । सामाजिक सञ्जालमा आएका यस्ता पोस्टहरूले डंगोलको अभिव्यक्तिलाई गैरजिम्मेवार र असान्दर्भिक भएको पुष्टि गरेको छ ।
कतिपयले बुद्धिमान र सम्भावना बोकेकी युवा नेता डंगोललाई एमालेसँगको राजनीतिक संलग्नता भएकै आधारमा अन्धो हुनु आम युवाका लागि निराशा भएको उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा उनको छवि पहिलेभन्दा कमजोर भएको देखिन्छ ।