Banner Nepal
भारत आक्रमणको तयारीमा रहेको पाकिस्तानको दाबी, तनावपूर्ण अवस्था सिर्जना नगर्न भारतलाई चेतावनी 

काठमाडौं । भारतले २४ देखि ३६ घण्टाभित्र सैनिक हमला गर्न सक्ने पाकिस्तानले आशंका गरेको छ । पाकिस्तानका सूचना मन्त्री अट्टाउल्लाह तारारले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यस्तो खुलासा गर्नुभएको समाचार संस्था रोयटर्सले जनाएको छ । कास्मिरमा २६ जनाको ज्यान जाने गरि गत साता भएको हमला पछि भारत र पाकिस्तानबीचको दरार थप बढ्दै गएको छ । कास्मिर हमलामा पाकिस्तानी नागरिकको संलग्नता रहेको भारतको आरोप पछि दुई मुलुकबीच विभिन्न प्रतिवन्ध लगाइएका छन् । भारतले पाकिस्तानसँगको जल सम्झौता निलम्बन गरेको छ भने पाकिस्तानले भारतीय वायुसेवालाई प्रतिवन्ध लगाएको छ । 
पाकिस्तानले भने कास्मिर हमलामा आफ्नो मुलुकको कुनै संलग्नता नरहेको जनाउंदै घटनाको निष्पक्ष छानविनको माग गर्दै आएको छ । यस्तै, पाकिस्तानमा कुनै किसिमको तनावपूर्ण अवस्था सिर्जना भएमा त्यसको जिम्मेवार भारत हुने समेत पाकिस्तानी विदेशमन्त्री तारारले सामाजिक संजाल एक्समा उल्लेख गर्नुभएको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update