Banner Nepal
पूर्वप्रधानमन्त्रीहरु शिक्षकको आन्दोलनमा सहभागी हुँदै

काठमाडौं । शिक्षकहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन दुई पूर्वप्रधानमन्त्री माइतीघर जाने भएका छन् । 

जारी शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल आन्दोलन भएको स्थानमा जान लागेका  हुन ।

पूर्व प्रधानमन्त्रीद्वय खनाल र नेपाल शिक्षकहरुको आन्दोलन भएको स्थानमा दिउँसो साढे १२ पुग्ने खनालको सचिवालयले जनाएको छ । उनीहरु सँगै  पार्टीका अन्य नेताहरु पनि जाने छन् ।

शान्तिपूर्ण रूपमा हुँदै आएको शिक्षक आन्दोलनमा हिंसा भड्किएपछि नेताहरुले पछिल्लो अवस्था बुझ्न लागेका हुन् । 

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update