पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध
काठमाडौं । पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।
सोमबार साँझदेखि परेको वर्षाका कारण पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो ।
करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
करिडोर अवरुद्ध हुँदा लामा तथा छोटो दूरीका सवारीसाधन ठप्प भएका छन् । वर्षा जारी रहेकाले सडक खुलाउन समस्या भएको छ ।
सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात बिच्छेद भएको छ । पहिरोले सडक नै भासिएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१ ०८:१८
प्रतिक्रिया दिनुहोस्