ट्रम्पको आशंका
पुटिनले विश्वासघात गरेको ट्रम्पको आशंका

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँगको युद्ध अन्त्यका लागि रूसी राष्ट्रपति पुटिनको प्रतिबद्धताप्रति शंका व्यक्त गर्नु भएको छ । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग रोमको भ्याटिकन सिटीमा भएको भेटवार्तापछि ट्रम्पले यस्तो शंका गर्नु भएको हो । ट्रम्पले सामाजिक सञ्जालमा युक्रेनमाथि रुसले गरेको जारी आक्रमणले रूस युद्ध अन्त्यकालागि इच्छुक नरहेको देखिएको उल्लेख गर्नुभएको छ । पुटिनले आफुलाई युद्ध अन्त्यका लागि सकारात्मक रहेको सन्देश पठाएपनि आक्रमण नरोकेको ट्रम्पको भनाई छ । पुटिनले आफुलाई अल्मल्याउन खोजेको ट्रम्पको आशंका छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२ १२:३८
प्रतिक्रिया दिनुहोस्