गर्मी कम हुने
केही दिनदेखिको उखपात गर्मी कम हुने आँकलन

काठमाडौं । आजदेखि गर्मी केही कम हुने अनुमान गरिएको छ । वर्षा हुने सम्भावनाका कारण केही दिनदेखि बढेको गर्मी आजबाट घट्ने अनुमान गरिएको हो । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि मुलुकका केही स्थानमा मेघ गर्जनसहितको वर्षा हुने जनाएको छ । वर्षासँगै तापक्रम घट्ने आँकलन गरिएको हो । अबका केही दिन अधिकांस स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२ १२:३१
प्रतिक्रिया दिनुहोस्