Banner Nepal
अमेरिकाले एमसीसी बन्द गर्यो , नेपालका परियोजना के होला ?

काठमाडौं । अमेरिकाले अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द गर्ने निर्णय गरेको छ ।

अमेरिकी अर्बपति एलन मस्क नेतृत्वको डिपार्टमेन्ट अफ गभर्मेन्ट एफीसीएन्सी (डीओजीई)को निर्णयअनुसार विकासशील देशको आर्थिकस्तर उन्नतिका लागि भनेर दिइँदै आएको यो अनुदान सहयोग बन्द हुने भएको हो । 

बन्द हुनेबारे मङ्गलबार नै एमसीसीका कर्मचारीहरूलाई इमेलमार्फत सूचित गरिएको रोयटर्सले जनाएको छ । कर्मचारीहरूलाई मे ५ तारिखदेखि प्रशासकीय बिदामा राखिने सम्भावना रहेको छ ।

पूर्व राष्ट्रपति जर्ज डब्लु बुसले २००४ मा स्थापना गरेको एमसीसीलाई बन्द गर्ने निर्णय ट्रम्प प्रशासनको खर्च कटौती नीति अन्तर्गत हो ।

एमसीसी परियोजना बन्द भएमा नेपालमा सञ्चालित परियोजना अन्तर्गतका काम पनि रोकिने छन् । रोयटर्सले प्राप्त गरेको कर्मचारी बैठकको रेकर्डिङ र इमेल अनुसार, एमसीसीका सम्पूर्ण कार्यक्रमहरू बन्द गरिने र कर्मचारी संख्या घटाइने उल्लेख छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १३:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update