
काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज पद तथा गोपनीयताको शपथ लिदैंछन् ।
दिउँसो ४ बजे सपथ ग्रहण तय गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री पन्तलाई सपथ गराउनेछन् । सपथ लगत्तै पन्तले सिंहदरवार पुगेर कार्यभार सम्हाल्ने छन् ।
एमाले सांसद विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले पन्तलाई शिक्षामन्त्री पदमा नियुक्त गरेका हुन् ।
एमालेका समानुपातिक सांसद रहेका पन्त यसअघि २०६३ सालमा श्रम मन्त्री भएका थिए । गत असार ३१ गते बनेको ओली नेतृत्वको सरकार १० महिनापछि पहिलो पटक पुनर्गठन भएको हो ।
पन्तलाई नियुक्त गरिएसँगै सरकारले उर्जाराज्यमन्त्री कान्छाराम तामाङलाई भने बर्खास्त गरेको छ । यसअघि माधव नेपालसँग रहेका पन्त पछिल्लो समय ओलीको गुणगान गाउन व्यस्त थिए । त्यही भएर उनलाई मन्त्री पद उपहार मिलेको एमालेकै नेताहरुको प्रतिक्रिया छ ।