
काठमाडौं । काठमाडौंको राष्ट्रिय नाँचघरमा सम्पन्न अन्तरविद्यालय सुन्दरी प्रतियोगिता अन्तर्गत जुनियर समूहको ताज प्राशिया पंगेनीले जितेकी छन् ।
स्वस्तीश्री आइबी वल्र्ड स्कूलमा चार कक्षामा अध्ययनरत पंगेनीले सुन्दरीको ताज जितेकी हुन् । त्यस्तै उनले सबै भन्दा धेरै अनलाईन भोट पाएर मस्ट पपुलर अबार्डसमेत हात पारेकी छन् ।
प्रतियोगिताको फष्टरनरअप आस्मी शर्मा, सेकेण्ड रनरअप अमीया गुरुङ, थर्ड रनरअप आयुश्री डंगोल र फोर्थ रनरअप संस्कृति राईले जित्न सफल भइन् ।
प्रतियोगिताको सिनियर ग्रुपबाट सिवान्सी गिरीले सुन्दरीको ताज पहिरिएकी छन् । सोही ग्रुपबाट फस्टरनरअप प्रणवीश्री सिंह, सेकेण्ड रनरअप परी गुरागाई, थर्डरनरअप आर्या गुरुङ र फोर्थ रनरअप प्रकृति दानी भइन् ।
प्रतियोगितामा विभिन्न विद्यालयका कक्षा १ देखि ७ सम्मका ४५ छात्राको सहभागिता रहेको थियो ।
कार्यक्रमको प्रमुख अतिथी प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना थिइन् ।
कार्यक्रममा आयोजकले देशभरका उत्कृष्ट प्रिन्सिपल, ओअर्डिनेटरहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा मिस एसईई प्रिन्सेस,, मिसेज ब्यूटी क्विनलगायतको उपस्थिती रहेको थियो ।