Banner Nepal
पार्टीको लोकतन्त्र जोगाउँन, कार्यकर्ताले नेतालाई दबाब बढाउने बेला आयो : नैनसिंह महर

काठमाडौं। नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीको लोकतान्त्रिक चरित्र जोगाउन समयमै महाधिवेशन गर्न जोड दिएका छन् ।

केन्द्रीय सदस्य महरले पार्टीको खैरहनी नगर समितिले आयोजना गरेको नयाँ वर्षको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा लाई सम्बोधनका क्रममा भ्रातृ तथा सुभेच्छुक संस्थाहरूको महाधिवेशन गरिसक्नुपर्ने अवस्था हो तर भ्रातृ संस्थाहरुले पार्टीले दिएको गाइडलाईन समेत पालना नगरको ,समयमै भ्रातृ तथा सुभेच्छुक संस्थाको महाधिवेशन हुन नसक्दा पार्टी जीवनमै  असर परिरहेको बताएका हुन् ।

पार्टीको शिक्षा विभाग प्रमुख समेत रहेका नैनसिंह महरले कांग्रेसको विधानअनुसार २०८२ मा पार्टीले महाधिवेशन गर्नु पर्ने बताए । 

भ्रातृ संस्था र पार्टीको समयमै आवधिक निर्वाचन प्रक्रिया सम्पन्न गर्ने बाटोमा नलगे कांग्रेसको लोकतान्त्रिक चरित्र हराउने महरको चिन्ता छ ।

उनले विधान अनुसार नै निर्वाचन सम्पन्न गरेर लोकतान्त्रिक चरित्रको रक्षा गर्नु अहिलेको आवश्यकता रहेको बताए । 

उनले समयमै निर्वाचन सम्पन्न गराउनका लागि वडादेखि केन्द्रसम्मका जिम्मेवार नेता कार्यकर्ताहरूको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन्। सबै आफ्नो जिम्मेवारी पूरा गर्नका लागि तयार रहनुपर्छ। विशेष गरी केन्द्रीय कार्यालयका पदाधिकारी बढी गम्भीर हुनु जरुरी छ।

केन्द्रीय पदाधिकारी जिम्मेवार नभइरहेको अवस्थामा वडा तहदेखि नै काम गर्दै हामी अगाडि बढ्यौं भने केन्द्रलाई अवश्यक दवाव पर्ने छ। यसो हुँदा समयमै महाधिवेशन हुने सम्भावना रहन सक्छ, महरले भने।

मुलुकमा राजनीतिक तरलता रहेको अवस्थामा कांग्रेस सबै क्षेत्रमा जिम्मेवारपूर्ण ढंगबाट प्रस्तुत हुनुपर्ने उनले बताएका छन्। पञ्चायतका प्रेतआत्माहरु सदबलाउन थालेका छन्। ती लोकतन्त्रको खिलाफमा छन्। उनीहरूलाई परास्त गर्नका लागि राजनीतिक दलका नेता कार्यकर्ताका चरित्र सुधार हुन जरुरी छ। अनी मात्र उनीहरू परास्त हुन सक्छन्, महरले भने।

एक अर्को प्रसंगमा नेता महरले २० चैतदेखि शिक्षा ऐन जारी गर्ने लगायतका माग गर्दै शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेकाले उनीहरूका माग सम्बोधनमा सरकार गम्भीर हुनुपर्ने बताएका छन्।

शिक्षकको आन्दोलनका कारण नयाँ शैक्षिक सत्र प्रभावित हुनुका साथै कक्षा १२ को परीक्षा तोकिएको समयमा हुने नहुने अन्यौंलता थपिएको तर्फ सरकार गम्भीर हुन नसक्नु चिन्ताको विषय भएको  महरको टिप्पणी छ।

शैक्षिक क्यालेन्डर कार्यान्वयनका लागि शिक्षकका माग सम्बोधन गर्न सरकार गम्भीर बन्नु अहिलेको आवश्यकता भएको उनको भनाइ छ।

विद्यार्थीको मनोविज्ञानमा असर नपर्ने गरी महासंघले पनि सरकारसँग वार्ता गरेर निष्कर्षमा पुग्नु नै अहिलेको आवश्यकता रहेको उनले सुझाए । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  १९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update