Banner Nepal
दाउन्नेमा सर्वसाधारणलाई निकै सास्ती

निर्माण कम्पनीको लापरबाही लगायतका कारण नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गत नवलपरासी पूर्वको दाउन्नेमा सर्वसाधारणले निकै सास्ती बेहोर्नु परेको छ ।

बुटवल–नारायणगढ सडक विस्तार सुरु भएदेखि नै दाउन्ने खण्डमा आवागमन समस्या हुँदै आएको छ ।

हिउँदामा धुलाम्य सडक केही दिनयता भने वर्षाले सडक हिलो भएपछि सवारी आवागमनमा थप समस्या भएको छ । अहिले पनि हिलोका कारण सानाठूला सवारी चल्नै सकेका छैनन् ।

दाउन्ने खण्डको १४ किलोमिटर सडक पार गर्न ५/६ घण्टा लाग्ने गरेको छ । तर, विशिष्ट व्यक्ति, मन्त्री तथा दलका नेतालाई सुरक्षाकर्मीले एस्कर्टिङ गरेर दाउन्ने खण्ड पार गराइरहेका छन् । 

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update