आणविक उर्जा उत्पादन १२ गुणा बढाउने
भारत आणविक उर्जा उत्पादनमा आक्रामक बन्दै

काठमाडौं । भारतले सन् २०४७ सम्म आणविक उर्जा उत्पादन १२ गुणा बढाउने गरि कानुन संशोधन गर्ने तयारी गरेको छ ।
आणविक उर्जा उत्पादनका लागि उपकरण आयात गर्दा दुर्घटना भएमा असिमित क्षतिपूर्ती तिर्नुपर्ने प्रावधानलाई केही खुकुलो बनाउने गरि कानुन संशोधनको तयारी गरिएको भारतीय ३ जना सरकारी अधिकारीलाई उद्धत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
आणविक दायित्व नष्ट ऐन २०१०को प्रावधान केही खुकुलो बनाउन खोजिएको हो ।
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२ १२:४६
प्रतिक्रिया दिनुहोस्