Banner Nepal
बुटवलको बुद्धनगरमा युवतीमाथि गोली प्रहार, भारतीय युवकसँग भएको थियो विवाद

काठमाडौं । रुपन्देहीको बुटवलको बुद्धनगरमा एक युवती माथि गोली प्रहार भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा बस्ने टीका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो ।

कम्मरमाथि गोली लागेकी क्षेत्रीको गम्भीर अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सुरज कार्कीले बताए।

पाल्पाको रैनादेवि गाउँपालिका छहरा घर भई हाल बुटवल–११ बुद्ध नगर बस्ने विष्टमाथि गोली प्रहारको कारण नखुलेको डीएसपी कार्कीले बताउए ।

गोली प्रहार गर्ने व्यक्ति वा समूहको पहिचान नभएको तर, अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।  

क्षेत्रीको केही दिनअघि एक भारतीय युवकसँग विवाद भएको थियो । स्थानीयले सोही विवादका कारण गोली प्रहार भएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । 

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update