Banner Nepal
गुल्मी महोत्सव सुरु, ३० करोड कारोबारको लक्ष्य

काठमाडौं । गुल्मीको सदरमुकाम तम्घासमा दोस्रो गुल्मी महोत्सव–२०८२ तथा कृषि, पर्यटन एवम् व्यापर मेला सुरु भएको छ ।

'गुल्मी जिल्लाको समृद्धिको आधार- कृषि, पर्यटन, उद्योग र व्यापार’  भन्ने नाराका साथ महोत्सव सञ्चालन गरिएको हो ।

मेलामा कृषि प्रदर्शनी, व्यापरिक सामान, मनोरञ्जनात्मक खेल र सांस्कृतिक प्रस्तुति हुने गुल्मी चेम्बर अफ कमर्शका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले जानकारी दिए ।

महोत्सवमा तीन सय स्टल राखिएका छन् । महोत्सवमा ३० करोड रुपैयाँको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । हिजोदेखि सुरु महोत्सव वैशाख १७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  १२:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update