Banner Nepal
निर्माण सुस्त हुँदा मुख्य राजमार्गमा यात्रा गर्नै असहज


काठमाडौं । नागढुंगा–मुग्लिन सडक योजना अन्तर्गत पश्चिम खण्ड विस्तारको काम निर्धारित मितिमा सम्पन्न नहुने देखिएको छ ।

सम्झौता अनुसार आगामी पुस १४ भित्रै नागढुंगा–मुग्लिन सडक योजना अन्तर्गत पश्चिम खण्ड विस्तारको काम पूरा हुनुपर्नेछ ।

मलेखु देखि मुग्लिनको ३९ किलोमिटर सडक विस्तारको काम ३६ महिना भित्र सक्ने गरेर सन् २०२२ डिसेम्बर ३० मा सम्झौता भएको थियो ।

तर, ठेक्काको म्याद सकिन साढे ७ महिनामात्रै बाँकी रहँदा २६ प्रतिशत मात्रै काम भएको छ । अहिलेसम्म २६ प्रतिशत हाराहारी काम भएको नागढुंगा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रले जानकारी दिए ।

काम भइरहँदा सोही सडकबाट दिनहुँ गुड्ने गाडीको व्यवस्थापन बाहेक हाललाई अन्य कुनै ठूला समस्या नरहेको उनको भनाई छ ।

सडक विस्तार सँगै सो खण्डमा ६ वटा पुल पनि निर्माणाधिन अवस्थामा रहेको र चारवटा पुलको काम असार भित्रै सकिने मिश्रले जानकारी दिए  । सडक विस्तारको कामले गति नलिँदा धूलो र खाल्डो हुँदा यात्रा निकै असहज हुने गरेको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update