
काठमाडौं । शिक्षक महासंघले आज १८ औं दिन पनि आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
आज शनिवार भएपनि आन्दोलन जारी राख्ने महासंघले जनाएको छ ।
हिजो अबेर रातिसम्म प्रधानमन्त्रीसँग भएको वार्ता निष्कर्षविहीन भएपछि शिक्षकहरूले आन्दोलन जारी राख्ने बताएका हुन् ।
शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार राति ९ बजेदेखि ११ बजेसम्म प्रधानमन्त्री केपी शर्मा ओली र त्यसपछि सभामुख देवराज घिमिरेसँग छलफल भएको थियो ।
शिक्षकहरूले सानातिना लेनदेन गरी आन्दोलन नरोकिने भन्दै शिक्षा ऐन जारी नभए सम्म सडक नछोड्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीसँग राती १ बजेसम्म वार्ता भएपनि रित्तो हात फर्किनुपरेको सुवेदीले बताए ।
सरकारले वैशाख १२ गते शुरु हुने संसदको बर्खे अधिवेशनमार्फत ऐन जारी गर्ने योजना बनाएको छ ।
तर, ऐन हातमा नपरेसम्म कार्यस्थल नफर्किने शिक्षकहरूको अडान छ ।
शिक्षकहरुको आन्दोलनका कारण कक्षा १२ को परीक्षामा असर पर्ने देखिएको छ । एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षणको काम पनि रोकिएको छ ।