Banner Nepal
काठमाडौं सहित यी स्थानमा वर्षा 

काठमाडौं । स्थानीय वायु तथा पश्चिमी वायुको प्रभावका कारण मुलुकका पूर्वी तथा मध्य भेगमा वर्षा भइरहेको छ ।

कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको हो । काठमाडौंमा बिहानैदेखि परेको झरी दिउँसो केहीबेर रोकिएपनि साँझ फेरि वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशैभर आंशिक बदली हुने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा आज दिउँसो भारी वर्षाको सम्भावना छ ।

मेघगर्जनसहिनतको वर्षाका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update