Banner Nepal
कार्य सम्पादनलाई पारदर्शी बनाउन मन्त्री दाहालको निर्देशन

भैरहवा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले कार्य सम्पादन, विकास निर्माण र श्रोत परिचालनलाई पारदर्शी र मितव्ययी बनाउन कर्मचारीहरुलाई निर्देशन दिएक छन् ।

मन्त्रालयद्वारा बिहिबार भैरहवामा आयोजीत बेरुजू फस्र्यौट सम्वन्धिको कार्यशालालाई संवोधनका क्रममा उनले कार्यसम्पादनका क्रममा सके सम्म बेरुजू नै आउन नदिन र आएको भए फस्र्यौट तर्फ ध्यान दिन निर्देशन दिए । 

नेपाल अहिले निर्माणको चरणमा रहेको भन्दै मन्त्री दाहालले शुरु गरिएका आयोजनाहरु तोकिएकै समयमा पूरा हुने गरि कार्यक्षेत्रमा परिचालित हुन कर्मचारीहरुलाई सुझाव दिए । 

कर्मचारीहरुको कार्यसम्पादन बाट नै नागरिकले सरकारको महसुस गर्ने भएकाले सरकारको आभाष दिलाउने गरि काम गर्न उनको आग्रह छ । 

नेपालमा केहि भएन, हुँदैन र हुन सकेन भन्ने जस्ता गलत भाष्यहरु निर्माण गर्न खोजिएको भन्दै मन्त्री दाहालले सरकारले गरेका काम, प्रभाव र परिवर्तनहरु नागरिक सम्म पु¥याउन जरुरी रहेको बताए ।

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update