Banner Nepal
अब केही दिन मुलुकभर वर्षा हुुने

काठमाडौं । काठमाडौं उपत्यका सहित मुुलुुकका अधिकांश स्थानमा आजबाट केही दिन वर्षा हुुने अनुमान गरिएको छ ।

कोशी प्रदेशका कतिपय स्थानमा भारी तथा गण्डकी, कर्णाली तथा सूदुरपश्चिम प्रदेशमा मेघ गर्जन चट्यांग सहित हल्का तथा मध्यम वर्षा भईरहेको जल तथा मौसम पूर्वानुुुमान महाशाखाले जनाएको छ ।

वर्षा गराउने नयाँ प्रणाली आजै भित्रिएका कारण केही दिन वर्षा जारी रहने मौसमविद् गोविन्द झाले जानकारी दिए । मेघ गर्जन सहितको वर्षा हुुने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update