
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले पार्टीको पदबाट राजीनामा दिएकी छन् ।
सुमिनाले पार्टीको सहमहामन्त्रीको पदबाट राजीनामा दिएकी हुन् ।
उनले आज बस्ने केन्द्रीय समितिको बैठकमा राजीनामा दिनुको कारण खुलाउने बताएकी छन् ।
रवि लामिछाने पछिल्लो पटक पार्टीमा फर्किएकै दिननै उनले राजीनामा बुझाएको कतिपय नेताहरुले बताएका छन् ।
"उहाँले सभापतिलाई नै राजीनामा दिनुभएको हो, सभापति हिरासतमा रहेका कारण राजीनामा पत्र दिन पाउनुभएको थिएन, अहिले दिनुभएको छ।" स्रोतले भन्यो
सुमनाले राजीनामा दिनुको मुख्य कारण तलदेखि माथिसम्म एक व्यक्ति एक पदको धारणा कार्यान्वयनमा नगएको बताइन्छ।
एक व्यक्ति एक पदको नीति पार्टीमा माथिदेखि तलसम्मै कार्यान्वयन हुनुपर्ने धारणा उनको छ।
आफू संसदमा केन्द्रित रहनुपर्ने भएकाले पनि पार्टीको सह–महामन्त्रीको जिम्मेवारीमा रहन नसक्ने तर्क सहित पार्टीको पद त्याग गरेको सुमनाको तर्क छ ।