
काठमाडौं । नेपाल सुपर लिग फुटबल अन्तर्गत लिग चरणको अन्तिम खेलमा धनगढी एफसी र एफसी चितवन बीच प्रतिस्पर्धा हुने भएको छ ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा धनगढी र चितवन साँझ ६ बजे आमनेसामने हुनेछन् । अपराजित धनगढी तालिकाको शीर्ष स्थानमा उक्लिन चाहन्छ ।
लिग चरणको अन्तिम खेलमा धनगढीले चितवनको सामना गर्दा ललितपुरलाई उछिन्ने योजनामा हुनेछ । आजको खेल जितेमा धनगढी शीर्ष स्थानमा उक्लिनेछ । तालिकाको दोस्रो स्थानमा रहेको धनगढीको ११ अंक छ ।
यता चितवन पनि अंक तालिकामा सुधार गर्न चाहन्छ । चितवन ७ अंकका साथ तालिकाको पाँचौ स्थानमा रहेको छ ।
यसअघिका ५ मध्ये २ मा जित निकालेको चितवनले एकमा बराबरी र २ मा हार व्यहोरेको थियो । पहिलो क्वालिफायरमा साविक विजेता ललितपुर सिटीले धनगढी एफसीसँग प्रतिस्पर्धा गर्ने निश्चित भईसकेको छ ।
साविक विजेता ललितपुर १२ अंक लिग तालिकाको शीर्ष स्थानमा छ । यसअघि हिजो भएको खेलमा ललितपुर सिटीले झापा एफसीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो ।
सो नतिजापछि ललितपुर अंक तालिकाको शीर्ष स्थानमा उक्लेको हो ।