केन्द्रीय समिति बैठक
रास्वपाले केन्द्रीय समितिको बैठक बोलायो, यस्ता छन् एजेण्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । कार्यबाहक सभापति डोलप्रसाद अर्यालले बैठक बोलाएक हुन् ।
बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने छ ।
बैठकमा महाधिवेशन पार्टीको आन्तरिक व्यवस्थापनलगायतमा छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकमा जनयात्रा कार्यक्रमको निरन्तरता, संगठन सबलीकरणलगायत विषय छलफलका एजेन्डा रहेको नेताहरुले बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२ १०:५०
प्रतिक्रिया दिनुहोस्