इजरेल आक्रमण
इजरायली बमबारीका कारण गाजामा २३ जनाको मृत्यु, हमासले बन्दी रिहाइ नगरेको भन्दै इजरायल आक्रोशित

काठमाडौं । प्यालेष्टाइनको गाजा क्षेत्र नजिकै तुफाहमा इजरेलले गरेको आक्रमणमा २३ जनाको मृत्यु भएको छ ।
गाजा शहरको यारमुक स्टेडियममा रहेको शरणार्थी शिविर, अज–सरया स्थित अपार्टमेन्ट लगायतका स्थानमा इजरेलले आक्रमण गरेको हो ।
घटनाबारे थप विवरण संकलनका क्रममा रहेको समाचार संस्था अलजजिराले जनाएको छ । हमासले बन्दी रिहाईको पहल नगरेको भन्दै इजरेलले दुई पक्षबीच भएको युद्धविराम भंग गरेसंगै त्यहां पुन युद्ध सुरु भएको छ ।
यस अघि अमेरिकाको पहलमा इजिप्टमा दुई पक्षबीच युद्धविराम भएको थियो । गाजा क्षेत्रमा जारी युद्धबारे त्यहांका स्थानीय समेत हमासको विरोधमा रहंदै आएका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२ १२:२१
प्रतिक्रिया दिनुहोस्