
नेपाल सुपर लिग फुटबलमा ललितपुर सिटी एफसीले झापा एफसीको सामना गर्ने भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे ललितपुर सिटी र झापा आमनेसामने हुनेछन् । लिगमा अपराजित ललितपुर अंक तालिकामा सुधार गर्न चाहन्छ ।
ललितपुर सिटी आजको खेलमा झापालाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिने योजनामा हुनेछ । ललितपुर ११ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।
समान ११ अंक भए पनि गोल अन्तरका आधारमा धनगढी एफसी शीर्षमा रहेको छ । पहिलो क्वालिफायरमा साविक विजेता ललितपुर सिटीले धनगढी एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।
यता जितविहीन झापा भने सुखद सुरुवात गर्ने योजनामा हुनेछ । झापा एफसी आफ्नो अन्तिम खेलअघि नै प्रतियोगिताबाट बाहिरी सकेको छ ।
झापाले यसअघिका ५ मध्ये चारमा बराबरी खेल्दा एक खेलमा पराजय भोगेको थियो । झापा चार अंकका साथ तालिकाको छैटौं स्थानमा रहेको छ । जितविहीन बुटवल–लुम्बिनी एफसीको पनि सम्भावना समाप्त भईसकेको छ ।