दुई दलीय संयन्त्रको बैठक
सत्ता गठबन्धनबाटै सरकार आलोचित भएपछि दुई दलीय संयन्त्रको बैठक बस्दै

काठमाडौं । सरकार सञ्चालनका लागि गठित दुई दलीय संयन्त्रको बैठक आज बस्दै छ ।
बैठक साँझ ५ बस्ने नेताहरुले बताएका छन् । सत्ता गठबन्धनकै नेताहरुबाट सरकारको आलोचना बढ्न थालेपछि संयन्त्रको बैठक बोलाइएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच दुई दलीय संयन्त्रको बैठक बोलाउने समझदारी भए बमोजिम बैठक बस्न लागेको हो ।
सरकारको भविष्यमाथि विपक्षी दल र सरकारको कार्यसम्पादनबारे गठबन्धन भित्रैबाट प्रश्न उठिरहेका बेला दुई शीर्ष नेताले संयन्त्रको बैठक मार्फत समाधानको पहल खोजेका हुन् ।
पछिल्लो समय विपक्षी दलले सरकारको आयु लामो नभएको टिप्पणी गर्न थालेको छ भने संयन्त्रकै सदस्य कांग्रेस महामन्त्री गगन थापाले सरकारको कार्यसम्पादन सुस्त भएको बताउँदै आउनु भएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२ ११:५६
प्रतिक्रिया दिनुहोस्