
काठमाडौं । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।
नेपालको उत्तरी सिमानाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जे भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर बिहान ४ बजेर ५ मिनेटमा ५ म्यााग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका सूचना अधिकारी नारायण बास्कोटाले जानकारी दिए ।
भुकम्पबाट अहिलेसम्म मानवीय तथा अन्य क्षति भएको विवरण प्राप्त भएको छैन ।
पछिल्ला दिनमा मुलुकका पश्चिमी जिल्लाहरुलाई केन्द्रविन्दु बनाएर लगातार भूकम्प गइरहेको छ ।
जाजरकोटको कुशे गाउँपालिकाको पैंक भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर सोमबार राती र मंगलबार बिहान ४ म्याग्निुच्युडभन्दा माथिका भूकम्प गएका थिए ।
यस्तै गत चैत २१ गते साँझ सोही स्थानलाई केन्द्रविन्दु बनाएर ५ म्याग्नेच्युडभन्दा माथिका भूकम्प दुई पटक गएको थियो ।