Banner Nepal
माओवादी जागरण अभियानमा फेरि फर्कियो, प्रचण्डसहितका नेता आज दिनभर नवलपुरका विभिन्न कार्यक्रममा व्यस्त

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थगित तराई मधेश जागरण अभियान फेरि सुरु गरेको छ। अभियानका लागि अध्यक्ष अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेताहरु नवलपुर पुगेका छन् । 

नवलपुरको लखन चोकमा नेपालका प्रथम शहीद लखन थापाको सालिकमा माल्यार्पण गरी अध्यक्ष दाहालले अभियान शुरु गरेको दाहालको सचिवालयले जनाएको छ। 

अभियानमा उपाध्यक्ष एवं पार्टीका प्रवक्ता अग्नि सापाकोटा, उपाध्यक्षमा मनोनित पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलगायत सहभागी छन् । 

झापाबाट शुरु गरेको अभियान माओवादीले चितवनमा पुगेर स्थगित गरिएको थियो । 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update