Banner Nepal
भक्तपुरमा बिस्का जात्रा मनाईदै 

भक्तपुरमा मनाईने ऐतिहासिक एवम् सांस्कृतिक महत्व रहेको बिस्का जात्रामा आज ५५ हात लामो लिङ्गो ढालिन्छ ।

चैत्र मसान्त अर्थात हिजो साँझ योसिङखेलमा ठड्याइएको लिङ्गो सूर्यमास अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात आज ढालिन्छ ।

आठ रात, नौ दिनसम्म मनाइने जात्रा सूर्यमास अनुसार नयाँ वर्ष सुरु हुनु चार दिनअघि सुरु हुने गर्छ।

बिस्का जात्रा न्यातपोलबाट प्यागोडा शैलीमा बनाइएको करिब ३० फिट अग्लो तीन तले भैरवनाथको रथ तानेर प्रारम्भ हुन्छ ।

रथ तान्ने र लिङ्गो उठाउने बिस्का जात्राको मुख्य आकर्षण हुन् ।

अन्तिम दिन भैरवनाथको रथलाई तानेर पाँंचतले मन्दिर अगाडि पुर्याएपछि वैशाख ५ गते जात्रा सम्पन्न हुन्छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update