Banner Nepal
आजदेखि पूर्वी तराईमा सिरुवापर्व , तीनदिन सम्म मनाइँदै

काठमाडौं । पूर्वी तराईका जिल्लामा बस्ने आदिबासी समुदायले मनाउने सिरुवा पर्व आजदेखि सुरु भएको छ । 

ताजपुरिया, राजवंशी, धिमाल, मेचे, गनगाई र माझीलगायत समुदायले मनाउने सिरुवा पर्व तीन दिनसम्म चल्नेछ ।

मुख्यतः झापा, मोरङ र सुनसरी जिल्लामा विशेष सांस्कृतिक कार्यक्रमसहित यो पर्व हरेक वर्ष बैशाख एक देखि ३ गतेसम्म मनाउने चलन छ ।

जसअनुसार पहिलो दिन आज एक आपसमा पानी छ्यापेर  सिरुवा मनाउने गरिन्छ ।

दोस्रो दिन माटोको हिलो छ्यापाछ्याप गरी काद सिरुवा र तेस्रो दिन रंग खेलेर सिरुवा पर्व समापन गर्ने चलन छ ।

एक आपसमा भातृत्व र बन्धुत्वको सम्बन्धलाई सुदृढ बनाउनका लागि शुभकामना आदानप्रदान गर्दै सामूहिक रुपमा यो पर्व हर्षोलासका साथ मनाउने गरेको अगुवाहरु बताउँछन् । 
 

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update