Banner Nepal
नयाँ वर्षमा पनि शिक्षकको आन्दोलन जारी  

काठमाडौं । माग पुरा गराउन दबाब दिदै आएका शिक्षक तथा विद्यालय कर्मचारीले नयाँ वर्षमा पनि आन्दोलन जारी राख्ने भएका छन् ।  

विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित आन्दोलनरत उनीहरूले नयाँ वर्ष सडकमै मनाउने भएका हुन् ।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले यसपालिका नयाँ वर्ष सडकमा नै मनाउन लागेको बताए ।

माग पूरा नभएसम्म पर्व या विशेष दिनको बहानामा आन्दोलन नरोक्ने सुवेदीले बताए  ।

उनीहरुले माग पुरा नभएसम्म सडक नछाड्ने बताउदै आएका छन् ।

जिल्ला जिल्लाबाट थप शिक्षक कर्मचारीलाई काठमाडौं ल्याउने क्रम जारी रहेको भन्दै सुवेदीले सरकारसँग आफ्ना न्यायिक माग पुरा गराउनुको विकल्प नभएको जोड गरे ।

विगतमा सरकारले गरेको सहमति कार्यान्वयन गर्दै शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरु गत चैत २० गतेदेखि काठमाडौंमा निरन्तर सडक आन्दोलन गर्दै आएका छन् ।

teacher-aandolan-1744607636.jpg
 

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update