
काठमाण्डौै । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आन्दोलनरत शिक्षकहरुको माग सम्बोधनका लागि सरकार गम्भीर बन्नु पर्ने बताएका छन् ।
नेपाली कांग्रेसको शिक्षा विभाग प्रमुख समेत रहेका महर लाई ध्यानाकर्षण गर्न महरको सचिवालय पुगेका नेपाल शिक्षक संघका प्रदेश र जिल्ला अध्यक्षहरुसंग कुरा गर्दै नेता महरले भने "देशभरका सामुदायिक विद्यालयका शिक्षकहरु लामो समय देखि काठमाडौं केन्द्रीत आन्दोलनमा छन, विगतको सरकार संगको सहमति कार्यान्वयनका लागि सरकार खासै संवेदनशील देखिएन ।"
मन्त्री परिषदको वैठबाट मात्र पनि सम्बोधन गर्न सकिने थुप्रै मागहरु भएको वताउदै महरले छिटो मन्त्री परिषदको वैठक राखेर टुंग्याईनु पर्ने कुरामा जोड दिए ।
शैक्षिक आमहडताल घोषणा गरेर आन्दोलनरत शिक्षक समुदायको आत्मसम्मानको ख्याल गरेर निश्कर्ष निकाल्नका लागि प्रधानमन्त्रीको थप क्रियाशीलता खाँचो रहेको र देशको वर्तमान परिस्थितिको आंकलन गरेर सामुदायिक विद्यालयका आन्दोलनरत शिक्षकहरुले वार्ता सम्वाद गरेर निश्कर्षमा पुग्नु पर्ने महरको भनाई थियो ।