Banner Nepal
सुनको भाउ अहिलेसम्मकै महँगो, तोलाकै एक लाख ८६ हजार 

काठमाडौं । पछिल्लो समय लगातार बढ्दै गएको सुनको भाउले रेकर्ड बनाएको छ । कारोबार हुने साताको पहिलो दिन

आज सुन अहिलेसम्मकै महँगो मूल्यमा कारोबार भएको हो । आज सुनको भाउ तोलाको १ लाख ८६ हजार कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य तोलाको १ लाख ८५ हजार रुपैयाँ थियो ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ९ सय ५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा १ हजार ९ सय ६० रुपैयाँ पुगेको हो । 
 

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update