अस्पतालको शिलान्यास
प्रधानमन्त्रीबाट गौरादह नगर अस्पतालको शिलान्यास

झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको आज शिलान्यास गरेका छन् ।
नगरपालिकाको वडा न १ स्थित चैतु चौकमा आयोजित कार्यक्रममा सो अस्पताल भवनको शिलान्यास गरेका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने अस्पतालले स्थानीयबासीका साथै छिमेकी भारतका जनताको स्वास्थ उपचारमा समेत लाभ दिन सक्ने विश्वास व्यक्त गरे ।
अस्पताल निर्माणका लागि कुल दुई बिगाहा जग्गामा रु १२ करोड ५९ लाख ७९ हजार चार सय ९६ को लागतमा २०८३ माघ १४ भित्र बन्ने गरी जे एन्ड जे निर्माण सेवासँग सम्झौता गरिएको छ ।
प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा २०७५ सालमा सबै स्थानीय तहमा १५ शैयाको आधारभूत अस्पताल निर्माण गर्ने घोषणा भएकोमा जग्गा प्राप्तिमा ढिलाइका कारण गौरादहमा अस्पताल निर्माण सुरु हुन सकेको थिएन ।
प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१ १५:१६
प्रतिक्रिया दिनुहोस्