
झापा । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत विभिन्न विद्यालयहरुलार्इ शैक्षिक सामाग्री वितरण गरिएको छ ।
आईतबार झापाको दमकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले झापा, तेह्रथुम र ताप्लेजुङका विभिन्न सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गरेका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले शैक्षिक गुणस्तर वृद्धिका लागि सरकारी र निजी क्षेत्रले यस्ता शैक्षिक सामग्री उपलब्ध गराइ सहयोग गर्नुपर्नेमा जोड दिए ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सामुदायीक विद्यालयहरुलाई प्रविधियुक्त शिक्षा प्रदानमा सहयोग पु¥याउने उदेश्यले स्मार्ट वोर्ड, कम्प्युटर, प्रिन्टर लगायतका सामाग्रीहरु वितरण गरिएको बताए।
सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यावसाय कोषको कार्यक्रम अनुसार ती सामग्री वितरण गरिएको मन्त्रालयका उपसचिव प्रकाश आचार्यले जानकारी दिए ।