झापाका लोक्सम मिस्टर नेपाल घोषित
काठमाडौं । झापाका सन्तोष लोक्सम ‘मिस्टर नेपाल २०२४’ विजेता बनेका छन् । लोक्समले नोभेम्बरमा भियतनाममा हुने ‘मिस्टर वल्र्ड–२०२४’ मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
नेक्स मोडल नेपालद्वारा आयोजित प्रतियोगिताको शनिबार राति सम्पन्न फाइनलमा भक्तपुरका योगेश श्रेष्ठ ‘मिस्टर ग्लोबल नेपाल–२०२४’ विजेता बनेका छन्। योगेशले अक्टोबर महिनामा थाइल्यान्डमा हुने ‘मिस्टर ग्लोबल–२०२४’ मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
काठमाडौँका आयुष दुलाल ‘म्यान अफ दी वल्ड नेपाल–२०२४’ भएका छन् । प्रतियोगितामा धरानका आदेश प्रधान पहिलो उपविजेता र हेटौँडाका आयुष बम्जन दोस्रो उपविजेता बने। प्रतियोगितामा देशभरिका ३८ जना युवाको सहभागिता थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१ १०:३०
प्रतिक्रिया दिनुहोस्