Banner Nepal
झडपपछि अशान्त बनेको वीरगञ्जमा  कर्फ्यू जारी

काठमाडौं । पर्सामा हनुमान जयन्तीको शोभा यात्राका क्रममा झडप भएपछि वीरगञ्जको मुख्य बजार क्षेत्रमा लगाइएको कर्फ्यू आज पनि जारी छ ।

जिल्ला प्रशासन कार्यालयले पूर्वमा भेडियाही चोक, पश्चिमतर्फ सिर्सिया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटभित्र हिजो साँझ साढे ६ बजेदेखि आज मध्याह्न १२ बजेसम्म हिँडडुल, सभा समारोह, प्रदर्शन लगायत गतिविधि गर्न नपाउने कर्फ्यू  आदेश जारी गरेको हो ।

प्रत्यक्षदर्शीका अनुसार हनुमान जयन्तीका अवसरमा निकालिएको शोभा यात्रा घन्टाघरदेखि दक्षिणतर्फ गएर फर्किने क्रममा वीरगञ्ज–३ छपकैयास्थित श्रीराम हल चोकनजिक अज्ञात समूहले ढुंगा प्रहार गरेपछि तनाव सिर्जना भएको थियो ।

त्यस क्रममा केहीले टायर बालेर प्रदर्शन गर्नुका साथै पसलका फर्निचर निकालेर जलाएका थिए । 

स्थिति नियन्त्रणमा लिन २ राउन्ड हवाई फायर र १ सय २५ राउन्ड अश्रुग्यास प्रहार गर्नुपरेको पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिनुभयो ।

उनका अनुसार सशस्त्र प्रहरीका डीएसपीसहित २५ सुरक्षाकर्मी र करीब १५ स्थानीय बासिन्दा घाइते भएका छन् । हनुमान जयन्तीका अवसरमा वीरगन्जमा प्रत्येक वर्ष शोभायात्रा निकाल्ने गरिन्छ ।

bj-1744522371.jpg

birgunj1-1744522373.jpeg

bir-1744523305.jpg

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  ११:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update