Banner Nepal
हनुमानको पूजा आरधना गरी जन्म जयन्ती मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न धार्मिक कार्यक्रम गरी मनाइँदै छ ।

चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने तथा दुःख र संकटबाट मुक्ति पाइने विश्वास छ ।

हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर नगरपालिकामा रहेको पञ्चमुखी हनुमानलगायत देशभरका हनुमान मन्दिरमा पूजा आराधना गर्नेको आज भीड लागेको छ ।

हनुमानढोका दरबारको नासलचोक नजिकै रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने पुजारीले मात्र पूजा आराधना गर्ने चलन छ । हनुमानलाई ‘मङ्गलमूरत’को रूपमा अथवा संकट मोचकको रूपमा पूजा गरिन्छ ।  

मंगलबार र शनिबार हनुमानको विशेष आराधना गर्ने गरिएकामा यस वर्ष हनुमान जयन्ती शनिवार नै परेको छ ।

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update