Banner Nepal
प्रधानमन्त्री  ओली आज झापा जादै

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पार्टीको आमसभालाई सम्वोधन गर्न गृह जिल्ला झापा जादै छन् ।

उनी केन्द्रीय नेतासहितको टोली लिएर दमक जान लागेका हुन्। राजावादीलाई खबरदारी गर्न सत्तारुढ एमालेले आज दमकमा शक्ति प्रदर्शनसहितको सभा गर्न लागेको हो ।

सभामा अध्यक्ष ओलीले देशको वर्तमान अवस्था र सरकारले गरिरहेका कामका बारेमा जानकारी गराउने बताइएको छ । पार्टी विरुद्ध नियोजित हमला हुन थालेको बताउदै आएका एमाले नेताहरुले आमसभा मार्फत आफ्नो धारणा कार्यकर्तालाई जानकारी गराउने बताएका छन् ।

जागरण सभा अन्तर्गत कोशी प्रदेशस्तरीय सभा दमकमा गर्न लागिएको एमालेले जनाएको छ । एमालेले गणतन्त्रको पक्षमा देशका विभिन्न ७ सहरमा सभा गर्ने निर्णय गरेको थियो । सोही कार्यक्रम अनुसार एमालेले हिजो बुटवलमा सभा गरेको थियो । 

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update