Banner Nepal
पोखरामा फेवा महोत्सव सञ्चालनमा, बैशाख १ गतेसम्म चल्ने

काठमाडौं । पर्यटकीय शहर पोखरामा २० औँ फेवा नव वर्ष महोत्सव–२०८२ आयोजना गरिएको छ ।

होटल संघ पोखराले आयोजना गरेको फेवा महोत्सव आगामी बैशाख १ गतेसम्म चल्नेछ ।

फेवा महोत्सव अवधिभर पोखरामा आउने पर्यटकका लागि लक्षित गरी होटलले २० प्रतिशत छुट गर्ने भएका छन् । महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लाका मौलिक संस्कृतिको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

होटल संघ पोखराका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले महोत्सवमा यसपटक भक्तपुरको विस्केट जात्रा विशेष आकर्षणको रुपमा रहने जानकारी दिनुभयो ।

बाजा, भजन र रत्यौलीका कार्यक्रम पनि महोत्सवमा समेटिने संघले जनाएको छ । पर्यटन, संस्कृति र खाना फेवा महोत्सवको मुख्य आकर्षण रहने छन् ।

महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्ने छन् । 

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update