Banner Nepal
बन्दीपुरमा चितुवाको आक्रमणबाट १० वर्षीया बालिकाको मृत्यु

काठमाडौं । तनहुँको बन्दीपुरमा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ ।

बन्दीपुर गाउँपालिका–२ कामीडाँडामा हिजो साँझ चितुवाको आक्रमणबाट १० वर्षीया अनुजा विकको मृत्युु भएको हो ।

फुपु दिदीको घर जाँदै गरेको अवस्थामा चितुवाले बालिकामाथि आक्रमण गरेको जिल्ला प्रहरी निरीक्षक राजु अधिकारीले बताए ।

बालिका निक्कै बेरसम्म पनि घर नफर्किएपछि परिवारले खोजी गर्दा घरबाट करीब ८ सय मिटर टाढा जंगलमा शव भेटिएको थियो ।

२०७४ फागुनमा भानु नगरपालिकाको वडा नम्बर १, २, ३, ४ र ५ बाट सुरु भएको चितुवा आतंक पछिल्लो समय बन्दीपुर, आँबुखैरेनी, व्यास र शुक्लागण्डकीमा पनि देखिएको छ ।

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update