काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ९, तीखेढुङ्गाबाट उल्लेरी हुँदै घोरेपानी जाने क्रममा आइतबार दुई स्पेनिस नागरिक सम्पर्कविहीन भएका छन्।
स्पेनिस पुरुष ३७ वर्षीय कासानोभास र महिला ३० वर्षीय मेसी हराएका हुन् । उनीहरु म्याग्दीको पर्यटकीय स्थल घोरेपानीसम्म पदयात्रामा जाँदै थिए ।
अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले इरिक कासानोभास र मोलास जुन्का मेसी सम्पर्कविहीन भएको जानकारी दिए।
अन्नपूर्ण वडा नम्बर ९ को भुरुङ्दी खोलाको पुलनजिक बेवारिसे अवस्थामा आइतबार साँझ दुई झोला भेटिएको छ । सोमबार दिनभर खोजी गरे पनि उनीहरुको अवस्था पत्ता लाग्न नसकेको र मङ्गलबार गोताखोरसहितको टोलीले खोजी गर्ने गुरुङले बताए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० वीर ठाँटीमा उनीहरुले घोरेपानी जाने सूचना दर्ता गराएका थिए । एक्याप वीरेठाँटी चेकपोस्टका इन्चार्ज यामबहादुर गुरुङले आइतबार बिहान १० बजेर २१ मिनेटमा उनीहरुले कार्यालयमा नाम दर्ता गराएका थिए।
बाटोमा झोला राखेर छहरामा फोटो खिच्ने क्रममा खोलामा खसेर हुन सक्ने आशङ्काले खोलामा खोजी भइरहेको छ । खोज्ने क्रममा छहरामा दुई वटा स्टिक समेत भेटिएका छन् ।