प्रसाईंलाई काठमाडौं ल्याउने तयारी
भारतमा पक्राउ परेका प्रसाईंलाई बुद्ध एअरबाट काठमाडौं ल्याइँदै

काठमाडौं । राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर भनिएका दुर्गा प्रसाईंलाई काठमाडौं ल्याउने तयारी भएको छ ।
भारतीय प्रहरीको सहयोगमा काँकडभिट्टा नाकाबाट नेपाल ल्याइएका प्रसाईंलाई भद्रपुर विमानस्थलबाट काठमाडौं ल्याउन लागिएको हो ।
प्रहरीको विशेष ब्युरोको टोलीले स्कर्टिङ गरी उनलाई भद्रपुर विमानस्थल पु¥याइएको छ ।
उनलाई नेपाल ल्याउने खबर फैलिएसँगै बिहानैदेखि मेची पुलमा उनका समर्थकको भिड लागेको थियो । चैत १५ गतेको प्रदर्शनका क्रममा हिंसा भड्किएपछि फरार भएका उनलाई नेपाल प्रहरीको विशेष ब्युरोले पूर्वी नेपालको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको अधिकारीहरूले बताएका छन् ।
प्रसाईंलाई खोज्न नेपाल प्रहरीका तीन टोली भारतसम्म पुगेका थिए ।
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१ ११:२६
प्रतिक्रिया दिनुहोस्