Banner Nepal
आइपीएलमा दील्लीको लगातार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपिएलमा दिल्ली क्यापिटल्सले लगातार चौथो जित निकालेको छ ।

केएल राहुलको उत्कृष्ट ब्याटिङको मद्दतमा दिल्लीले लगातार चौथो जित निकालेको हो ।

जितसँगै दिल्लीको ८ अंक भएको छ । गए राति भएको खेलमा दिल्लीले घरेलु टोली रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ६ विकेटले पराजित गरेको छ  ।

दोस्रो पटक पराजित बनेको बैंग्लुरुको ६ अंक भएको छ । जारी प्रतियोगितामा दिल्ली अहिलेसम्मको अपराजित रहने एक्लो टोली पनि हो ।

अहिलेसम्म पराजित नभए पनि दिल्ली नेट रन रेटका आधारमा गुजरात टाइटन्स भन्दा पछाडी छ । गएराति बैंग्लुरुले दिएको १६४ रनको लक्ष्य पछ्याएको दिल्लीले १७ दशलमव ५ ओभरमा चार विकेट गुमाउँदै १६९ रन बनायो ।

त्यसअघि एम चेन्नस्वामी स्टेडियम, बैंग्लुरुमा टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोलीले सात विकेट गुमाउँदै १६३ रन बनाएको थियो ।

प्रतियोगितमामा आज चेन्नई सुपरकिङ्स र कोलकता नाइट राइडर्सबीचको खेल आज राति पौने ८ बजे चेन्नईमा हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update